कोरोना

२४ घण्टामा ८,८५० जनामा कोरोना संक्रमण, ८८ जनाको मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत… पुरा पढौ

शनिवार थप ८४१८ जनामा कोरोना पुष्टि , ५३ को मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको १७ हजार ३१५ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय ८७ जनामा र ८९८ जनाको एन्टिजेन परीक्षणका क्रममा १३१ जनामा गरी शनिवार थप ८ हजार ४१८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। योसहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३… पुरा पढौ

थप ५,७२७ जना संक्रमित, ३३ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ ।  त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३३ जनाको मृत्यु भएको छ ।  पुरा पढौ

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, थप ४५२४ जनामा संक्रमण

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको मन्त्रालयले जनाएको छ । पुरा पढौ

पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । त्यस्तै पछिल्लो २४… पुरा पढौ

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।  गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । “जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा नरेन्द्रकुमार झाले… पुरा पढौ

थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्स्वस्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । पुरा पढौ