पर्यटन

आज अन्नपूर्ण आरोहण दिवस, लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिने

पोखरा, २१ जेठ । सन १९५० को जून ३ तारीख (आजकै दिन) फ्रेन्च नागरिकहरु मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमशृङ्खलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण प्रथम (८०९१ मि.) को सफलतापुर्वक आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्लो चुचुरोमा मानव पाइला पुगेको यो पहिलोदिन थियो । हिमाल आरोहणको दृष्टिकोणबाट अन्नपूर्ण प्रथमलाई जेठो हिमालको रूपमा लिइन्छ । आजभन्दा ठीक ७० वर्ष अगाडिको त्यो एतिहासिक दिनले विभिन्न किसिमका कीर्तिमान र मानव जगतकै लागि नयाँ प्रेरणा र हौसला थपेको थियो । फ्रान्सबाट… पुरा पढौ

मनै लोभ्याउने नेपाली चेरी ‘पैयुँ’

पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट । स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ । यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको… पुरा पढौ