कोरोना

पोखराका सङ्क्रमितको मृत्यु

चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो । पुरा पढौ

एकैदिन थपिए २३५१ कोरोना संक्रमित

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । गत २४ घण्टामा २ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३० चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कारोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । शनिवार थप एकको मृत्यु भएसँगै हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर… पुरा पढौ

बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या २६८४ पुग्यो

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य… पुरा पढौ

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितको मृत्यु भएसँगै दुई हजार १ जना पुगेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ नमूना परीक्षण गर्दा दुई सय ७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६९ हजार ४ सय ५० जना पुगेको छ । त्यस्तै… पुरा पढौ

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको नमूना परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ४५२… पुरा पढौ