
पोखरा । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा घरेलु मैदानमा नेपालले महिला क्रिकेट कास्य पदकमा चित्त बुझाएको छ ।
पोखराको क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा अञ्जली चन्दले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चेर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २÷२ विकेट लिएकी छन् ।
९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।
स्वर्ण पदकको प्रतिस्पर्धा भने बंगलादेश र श्रीलंका बीच हुने छ । नेपाल अघिल्लो दिन श्रीलंकासँग पराजित भएसँगै स्वर्ण पदकको प्रतिस्पर्धाबाट टाढिएको थियो ।