
पोखरा, १८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभर आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २५७ पुगेको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र २ पुरुष रहेका छन् । महिला मृतकमा चितवन र भक्तपुरका ४०/४० वर्षीया २ जना, तनहुँका ९२ वर्षीया र रुपन्देहीका ७७ वर्षीया गरी ४ महिला रहेका छन् । यस्तै सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षका २ जना पुरुषको मृत्यु भएको उनले बताए ।