
काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ।
प्रधानमन्त्री ओलीले हठात संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको, देश जनता र पार्टीलाई अन्धकारमा धकेल्ने र संविधानलाई असफल पार्ने कोसिस गरेको भन्दै सो कारवाही गर्ने प्रस्ताव गरेको हो।
यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

