जापानमा १०६५ जनामा संक्रमण, २५ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २३ फागुन । जापानमा आईतबार १ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै २५ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार ६ सय ९३ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार २ सय ७६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख १८ हजार ९ सय २० जना कोरोना संक्रमित निको भएका छन् ।

बिहीबार ३७ हजार २ सय तीन जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १२ हजार १ सय ५५ जनाको उपचार भइरहेको छ भने ३ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

यी हुन् धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १३ हजार ४ सय ५५, ओसाकामा ४७ हजार ६ सय ७०, खानागावामा ४५ हजार ६ सय ७३, साईतामामा ३० हजार ५४, चिबामा २७ हजार २ सय २२, आईचीमा २६ हजार १ सय ९१,होक्काईदोमा १९ हजार ४ सय ७२, फुकुओकामा १८ हजार २ सय ६० , ह्योगोमा १८ हजार १ सय ८६ र क्योतोमा ९ हजार १ सय सातजना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ३ सय २४, इबाराकीमा ५ हजार ८ सय ९०, सिजुओकामा ५ हजार २ सय ५५, हिरोसीमामा ५ हजार ४७ र गिफुमा ४ हजार ६ सय ६७ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ४ सय ६२, ओसाकामा १ हजार १ सय ३५, खानागावामा ७ सय १६, साईतामामा ६ सय २६, चिबामा ४ सय ८०, आईचीमा ५ सय ४१, होक्काइदोमा ६ सय ९३, फुकुओकामा ३ सय पाँच, ह्योगोमा ५ सय ५८ र क्योतोमा १ सय ६२ जनाको मृत्यु भएको छ ।

टोकियोमा २ सय ३७, ओसाकामा ७६, खानागावामा १ सय १९, साईतामामा १ सय २३, चिबामा १ सय १३, आईचीमा २७ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ८४, फुकुओकामा ३५, ह्योगोमा ४१, क्योतोमा १२, ओकिनावा १८, इबाराकीमा २१, सिजुओकामा २४, हिरोसीमामा दुई र गिफुमा तीनजना संक्रमित थपिए ।