राष्ट्रियसभा बैठक आइतबार बस्ने

-


     मर्दी न्युज    
     २० पुस २०७८ मा प्रकाशित


काठमाडौँ । राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।