
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ ।
एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । साथै हवाई इन्धनको मूल्य पनि निगमले यथावत् राखेको छ ।