माउन्टेन फेस्टिभलको भब्य शुभारम्भ

-


     मर्दी न्युज    
     मंसिर २४ गते २०७९ मा प्रकाशित


पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा आज देखि ७औं पर्वतिय महोत्सव (माउन्टेन फेस्टिभल ) को भब्य शुभारम्भ भएको छ। पर्वतीय महोत्सव भोलि २५ गतेसम्म चल्ने छ ।

सम्माननिय उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिबन राम श्रेष्ठ हुनुहुन्थ्यो। आफ्नो मन्तव्यको क्रममा उपराष्ट्रपति पुनले पर्वतीय पर्यटन, यसले राष्ट्रीय अर्थतन्त्र र जिबिकोपार्जनमा पारेको सकारात्मक प्रभावहरु बारेमा चर्चा गर्नुभएको थियो। २६औं पटक सगरमाथा आरोहण गरि बिश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा, बिश्वका आठहजार मिटर भन्दा अग्ला १४ ओटै चुचुरोहरुको २ पटक आरोहण गरि बिश्व रेकर्ड कायम गरेका सानू शेर्पा लगायतका बिश्व प्रख्यात आरोहिहरु, रेकर्ड धारीहरु लाई प्रमुख अतिथिको हातबाट सम्मान- पत्र सहित सम्मानित गरिएको थियो।

महोत्सवमा ज्ञान, बिज्ञान , अनुसन्धान , कृषि , पर्यटन प्रबर्द्धन , रेस्टुरेन्ट लगायतका ३० वटा स्टलहरु रहेका छन। महोत्सवका प्रमुख आकर्षणहरुमा छेलो, आर्चरी , बच्चाहरुको लागि जिप लाइन , बोल्डरिङ्ग, लोक नृत्य रहेका छन । पत्रकार दिपेन्द्र पहारी मोडेरेटर रहेको छलफल कार्यक्रममा पोखरा महानगरपालिका का मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीको ” आगामी ३ बर्षमा पोखरा आउने पर्यटकको संख्या कसरी २ गुणा बढाउने ?” बिषयगत प्रस्तुति रहेको थियो । भोलीपनि विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम सहित महोत्सव सुचारु रहने महोत्सव संयोजक तथा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले मर्दी न्युजलाई बताउनुभयो।