आज सभामुखको निर्वाचन हुँदै

-


     मर्दी न्युज    
     माघ ५ गते २०७९ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखमा भिड्दै छन्। सभामुख पदका लागि बुधबार सत्तारुढ दल र विपक्षीबाट दुई जनाको मात्रै उम्मेदवारी परेको हो।

घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए ।

सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रतिनिधि सभामा २७५ जना सांसद छन्। अहिलेको सत्ता साझेदारमा १ सय ६९ सांसद छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ।