
पोखरा । पोखरा महानगरपालिका गत हप्ता आफैंले जारी गरेको पार्किङ निषेधको निर्णयबाट पछि हटेको छ । महानगरपालिकाले भोलिदेखि लागू हुने भनिएको पार्किङ निषेध अर्को व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ ।
आइतबार महानगरले एक सूचना जारी गर्दै भनिएको छ, ‘भोलि देखि पोखराको विभिन्न क्षेत्रमा खाली गर्ने भनिएको पार्किङ क्षेत्रको विषयमा पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात् लागु गर्न सुझाव प्राप्त भएको छ ।’
यसअघि माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो ।
