सरकार र आन्दोलनरत शिक्षकबीच नौ बुँदे सहमति

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०८२ मा प्रकाशित


सरकार र आन्दोलनरत शिक्षकबीच नौ बुँदे सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा नौ बुँदे सहमति भएको हो ।

शिक्षकका मागहरुलाइ पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ । पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगनको घोषणा गर्ने बताइएको छ ।

सहमतिपछि अब शिक्षकहरु विद्यालय फर्कने शिक्षा मन्त्रालयले जनाएको छ ।