
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको बताएका छन् ।
उनले हदबन्दी भन्दा बढी जग्गासमेत स्वघोषणा भएको बताउँदै मन्त्रीहरुकै सम्पत्तिमा राज्यको कानून आकर्षित भएको बताएका हुन् ।
उनले आयको कर तिरेको विवरण सार्वजनिक गर्न सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ । मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानून आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’

