कोरोनाका कारण गत २४ घण्टामा १२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २५१ पुगेको छ ।

काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।