
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । देशभर आज थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८ सय २९ पुगेको छ ।
आज मृत्यु हुनेमा एक जना चिनियाँ नागरिक पनि रहेका छन् । सबैभन्दा बढि मृत्यु हुने प्रदेश बाग्मती प्रदेश रहेको छ । बाग्मतीमा हाल सम्म ३९१ जनाको मृत्यु भई सकेको छ ।

