Author Archive

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी विद्यमान ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। उनले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनेका छन्। भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा परीक्षा सञ्चालन गर्ने… पुरा पढौ

भोटेकोशी बाढी : बिहान ७ बजेसम्म ४६९ शव फेला

रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार रसुवाबाट १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १७८ जनाको शव फेला परेको हो । यस्तै गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । यसैगरी रसुवा, नुवाकोट र धादिङबाट एक हजार ५४५ जनालाई घाइते तथा अन्य अवस्थाबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना छन्। बाढी प्रभावित क्षेत्रमा… पुरा पढौ

आज जनैपूर्णिमा पर्व मनाइँदै

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण,… पुरा पढौ

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो । त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र  चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान… पुरा पढौ

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

रसुवास्थित भोटेकोशी नदीमा थप बाढीको जोखिम देखिएको भन्दै सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  बाढी पूर्वानुमान महाशाखाले बिहीबार सार्वजनिक गरेको विशेष सूचनामा चीनतर्फबाट प्राप्त पछिल्लो जानकारीअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बुधबार बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको जनाएको छ। उक्त तालमा पानीको मात्रा बढ्दै गएको र ताल फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ। यसका कारण भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाले अर्को सूचना जारी नभएसम्म… पुरा पढौ

भोटेकोशी बाढी: ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताएकाे हाे । उनले टुर एजेन्सीहरूले दिएको जानकारीअनुसार विभिन्न ३३ देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए । उनकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् । अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या १ सय २७ जना रहेको उनले जानकारी दिए। त्यसै गरी, अस्ट्रेलियाका… पुरा पढौ

विपद् व्यवस्थापनमा दलहरू एकमत, राहतदेखि पुनर्निर्माणसम्मका लागि १० बुँदे साझा प्रतिबद्धता

काठमाडौँ। नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदी प्रणालीमा आएको अप्रत्याशित बाढीबाट विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले सामूहिक चासो व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि साझा कार्यदिशा अघि सारेका छन्। सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्कालीन उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मलाई समेटेर १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो। बैठकले बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको उपचार, निरन्तर… पुरा पढौ