पोखरा, १३ भदौ । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ निवासी ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज बिहान ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उनको भाद्र ७ गते अपरेसन भएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा शंका लागेर स्वाब संकलन पश्चात परीक्षण गर्दा उनलाई भाद्र १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो…
पुरा पढौ