Author Archive

विश्व फोटोग्राफी दिवसको सन्दर्भमा फोटोग्राफीको इतिहास

विश्व फोटोग्राफी दिवश किन नमाउने आजको यो सोसियल मिडियाको जमानामा जो कोही पनि फोटोग्राफर बनि रहेको अवस्थामा हामी छौं । कल्पना गर्नुहोस् यदि हामीसँग फोटो खिच्ने प्रविधिको विकास नहुँदो भने आजको सोसियल मिडिया नै हुने थिएन । हरेक वर्ष अगस्ट १९ को दिनलाई विश्व भरका फोटोग्राफरहरुले विश्व फोटोग्राफी दिवशको रुपमा मनाउँदै आईरहेको सबैलाई अवगत भएको विषय हो तर आजको जमानामा जो कोहीको पनि हातमा मोबाइल फोन हुन्छ र सबै जनाले मोबाइल फोनले भएपनि फोटो खिच्छन् । यसको मतलब जो कोही… पुरा पढौ

उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञ

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । बुधबार बेलुका १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको हो । उपत्यकामा कोरोनाको संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा संक्रमण तीव्र भएसँगै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा… पुरा पढौ

जापानमा थपिए ९०२ कोरोना संक्रमित, १६ जनाको मृत्यु

सन थापाजापान, अगष्ट १८ । जापानमा मंगलबार थप ९ सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा संक्रमित संख्या ५७ हजार ७ सय ६१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५८ हजार ४ सय ७३ जना पुगेको सञ्चार माध्यम एनएचकेले जनाएको छ । राति १० बजेसम्मको अपडेट अनुसार ओसाकामा छ जना, टोकियो, फुकुओकामा तीन(तीनजना, आईची, साईतामा,कुमामोतो र मियागी प्रान्तमा एक/एक जना गरी १६ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १… पुरा पढौ

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।  लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।  नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा घिमिरेले कलम चलाएका थिए। उनका नवमञ्जरी… पुरा पढौ

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

पोखरा, २ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलवार थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ११४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १/१ जना गरी ६ जना पुरुष र तनहुँका १ महिला गरी थप ७ जनाको मृत्यु भएको हो । पुरा पढौ

एकैदिन १०१६ जना कोरोना संक्रमण

पोखरा, २ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा अहिलेसम्मकै यो संख्या सबैभन्दा बढी संक्रमण हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म १० हजार ५ सय ६३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।… पुरा पढौ