Author Archive

तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

पोखरा । तनहुँबाट उपचारका लागि कास्की सेवा हस्पिटलमा आएकी एक ५० वर्षीय महिलाको गएराति मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको सोमबार राति मृत्यु भएको पोखरा महानगरपालिका स्रोतले बतायो । मृत्युपछि मंगलबार बिहान उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ । तनहुँको व्यास नगरपालिका १ घर भएकी उनको स्वाब भने पहिल्यै संकलन गरिएको थियो । साउन ३२ गतेबाट उपचारका लागि कास्की सेवा अस्पतालमा भर्ना भएकी उनलाई कोरोनाको लक्षण देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो । ती महिलामा मुटु र… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख

पोखरा, २ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख १४ हजार ५९७ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ लाख ३६ हजार ५३९ पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख ५९ हजार ५७० पुगेको छ भने तेस्रो… पुरा पढौ

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, २ भदौ । पोखरा महानगरपालिकाका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगैँ गण्डकी प्रदेशमा १ हजार ७ सय ६४ जना कोरोना संक्रमितको संख्या पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा ४ जना, नवलपुरको कावासोतीका २ जना र बागलुङ जिल्लाको बरेङका २ जनामा गरी ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । आज बिहान संक्रमण पुष्टि भएका २ जना पोखराको भने… पुरा पढौ

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट हुने चार्टर्ड उडान रोक्न सरकारलाई आग्रह गरेको छ।  केन्द्रले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै रोक्न आग्रह गरेको हो। होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नुपर्ने केन्द्रको पत्रमा उल्लेख छ। केन्द्रको निर्णयअनुसार यसअघि तयारी अवस्थामा रहेका चार्टर्ड उडान अनिश्चितकाल स्थगित भएका छन्। पछिल्लो समय कोरोना संक्रमण बढ्नुका साथै कतिपय स्थानीय तहले निषेधित क्षेत्र घोषणा गरेकाले उडान रोक्ने व्यवस्था गर्न सहसचिव विष्णुराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको… पुरा पढौ

जापानमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

सन थापाजापानमा सोमबार थप ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चारदिनपछि १ हजारभन्दा कम संक्रमित भएको हो । जापानमा संक्रमित संख्या ५६ हजार ८ सय ५७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ५७ हजार ५ सय ६९ जना पुगेको एनएचकेले जनाएको छ । राति १० :३० बजेसम्मको अपडेट अनुसार ओसाकामा पाँच, चिबामा दुई, टोकियो, फुकुओका, ओकिनावा, खागोसिमामा, आईची, खानागावा, गिफु र मिए प्रान्तमा एक÷एक जना गरी १५ जनाको मृत्यु भएको… पुरा पढौ

पोखरा महानगरको लकडाउन गर्ने प्रस्ताव मुख्यमन्त्रीद्वारा अस्विकार

पोखरा । पोखरामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गर्दा पोखरा महानगरपालिकाले आज रातिदेखि गर्ने भनिएको निषेधाज्ञाको प्रस्ताव प्रदेश सरकारले अस्वीकार गरेको । स्थानीय सरकारले लकडाउन गर्ने अधिकार भएपनि औपचारिकताको लागि महानगरले प्रदेश सरकारलाई सोधेको थियो । पछिल्लो चरण गण्डकी प्रदेशका मुख्यमन्त्रीले कुनै पनि हालतमा लकडाउन नगर्ने भन्दै विभिन्न कार्यक्रम बोल्दै आएका थिए । आज बसेको गण्डकी प्रदेश सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा लकडाउन, निषेधाज्ञा या कफ्र्यु लगाउनेसम्बन्धी भने कुनै निर्णय भएन । मेयर मानबहादुर जिसिले भने आजबाट नभई… पुरा पढौ

एसइईको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो। परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो। परीक्षा नियन्त्रण कार्यालका अनुसार २०७६ को एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। सोही विवरणलाई बोर्डले रुजुर… पुरा पढौ