Author Archive

सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो

सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको मूल्य १५ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला… पुरा पढौ

नागढुंगा सुरुङमार्गमा चारपाङ्ग्रे साना सवारीलाई प्रवेश खुला

नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। सुरुङमार्ग परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र एकतर्फी यातायात व्यवस्थासहित सर्वसाधारणका लागि खुला गरिएको हो। सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार यसअघि आपत्कालीन प्रयोजनका सवारीसाधनमार्फत परीक्षण हुँदै आएको सुरुङमार्गमा सोमबारदेखि साना चारपाङ्ग्रे सवारीलाई प्रवेश अनुमति दिइएको हो। हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्गबाट एकतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। परीक्षणका क्रममा देखिने अवस्था र प्राविधिक पक्षको मूल्यांकनपछि छिट्टै… पुरा पढौ

छिर्कनेमा पहिरोले  सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ । आइतबार साँझ  पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ । पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई… पुरा पढौ

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र  प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक र दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ… पुरा पढौ

ढोरपाटनमा सिकारबाट ४ करोडभन्दा बढी राजस्व

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत आर्थिक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीबाट नाउर र झारलको सिकारबापत वन्यजन्तु विभागले ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार याम सञ्चालन हुन्छ । पहिलो सिकार यामबाट ३ करोड ३ लाख ५ हजार रुपैयाँ र दोस्रो सिकार यामबाट १ करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व प्राप्त भएको आरक्षले जनाएको छ । आरक्षका रेञ्जर सागर… पुरा पढौ

घण्टीमा मत दिएका नागरिकले प्रश्न उठाउने अवस्था आए रास्वपालाई गाह्रो हुन्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताएका  छन् । रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै उनले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने… पुरा पढौ

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन… पुरा पढौ