Author Archive

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ । पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि थापाले… पुरा पढौ

विजयपुर खोलामा बेपत्ता भएका निक्सनको शव भेटियो: ओमनको खोजी जारी

पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव फेला परेको छ । पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको हो । साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो । ३ दिनदेखिको निरन्तर खोजीपछि उनको शव भेटिएको प्रहरीले जनाएको छ । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो । पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो । भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले… पुरा पढौ

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमको आग्रह

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ । “काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भने । निगमका अनुसार आज भदौ २… पुरा पढौ

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् । सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् । कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दी खोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित… पुरा पढौ

मनसुन सक्रिय: यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।   जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,… पुरा पढौ

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारेखमा राखेर अनुसन्धान गर्न सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। पुरा पढौ

पोखरा महानगर प्रमुख र बंगलादेशका फोटो पत्रकारहरुकाे भेटघाट

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपाल भ्रमणमा रहेका बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम मोहसिनको नेतृत्वमा आएको १२ जनाको टोलीले भेट गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो । त्यस अवसरमा नगरप्रमुख आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा समेत पोखराको प्राकृतिक सुन्दरता, जीवन्त संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनका गतिविधिको सकारात्मक प्रचारप्रसार गरिदिन आग्रहगरे। पोखरा फ्लाई दुबईमार्फत… पुरा पढौ