Author Archive

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए । सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरेका हुन् । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुखको रुलिङ पछि उनीहरुले विरोध रोकेपछि बैठक सुचारु भएको छ । विपक्षी… पुरा पढौ

देशभर मनसुनको प्रभाव: यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ। अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ। सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने… पुरा पढौ

आज नाग पञ्चमी: पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।  हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी… पुरा पढौ

पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट

पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।  स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार पोखरा-५ मा कोठा भाडामा लिएर बस्ने वसन्त दुलामी र सपना लामिछानेले उक्त अवैध कार्य गरिरहेको फेला परेको… पुरा पढौ

विजयपुर खोलामा बगेका दुई बालक अझै भेटिएनन्

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई जना बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन् । पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वारिबाट फुटबल खेल्न पारि जाँदा विजयपुर खोलाले बगाएर बेपत्ता हुनेमा खोटाङ घर… पुरा पढौ

सुन-चाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।  सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो । पुरा पढौ

पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन् ।  विकास साझेदारहरूको सहयोगमा शुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए । प्रमुख आचार्यकाअनुसार एसियाली विकास बैंक (एडीबी), कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू हाल कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । एडीबीका आयोजनाका लागि आलु मैला चोक र कोइकाका लागि शिवालय चोकमा छुट्टाछुट्टै परियोजना कार्यालयहरू सञ्चालनमा आइसकेका छन् । विश्व बैंक र… पुरा पढौ