Author Archive

सुनसान छन् बागलुङका घरबास

ढोरपाटन (बागलुङ) । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् । जिल्लाको चर्चित… पुरा पढौ

सिर्जनशीलमा समय विचलन विषयक छलफल

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अयनांशका कारण सौर्यमासको मिति एक महिना अघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा हामीले गर्ने कार्यकलाप र प्रकृतिमा आउने परिवर्तनबिच तालमेल मिल्न नसकेको तर्क गरे । पन्तले वैशाख एक गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो… पुरा पढौ

जगदिशपुर जलाशयः “ठिमाहा फ्यालफ्याले” ले नेपालमा पहिलो पटक बच्चा कोरले

अनियमित हिउँदे आगन्तुक तथा बसन्त ऋतुमा वटुवा प्रजातिको रुपमा भेटिने चरा "ठिमाहा फ्यालफ्याले" ले कपिलवस्तुको जगदिशपुर जलाशयमा नेपालका लागि पहिलो पटक वच्चा कोरलेको अभिलेख गरिएको छ । पंछी अवलोकनका क्रममा वन्यजन्तु फोटोग्राफर तथा पर्यटनकर्मीद्धय पेम्बा शेर्पा र सुगम ताम्राकारले आज विहान ११ः३० बजे उक्त फ्यालफ्याले ८ वटा गुँडमा बच्चा कोरल्दै गरेका र सयौंको संख्यामा उक्त क्षेत्र आसपासमा उड्दै गरेका भेटेका थिए । फोटोः पेम्बा शेर्पा सन् १९७१ मा सुनसरीवाट नेपालका लागि पहिलो अभिलेख गरिएको यस फ्यालफ्याले कोशी ब्यारेज क्षेत्र, चितवन… पुरा पढौ

गायनमा सिम्रनको चर्चा

गलकोट (बागलुङ), ७ भदौ । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ । “गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले… पुरा पढौ

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

काठमाडौँ ६ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।… पुरा पढौ

धादिङ बस दुर्घटनाः आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु, ६ भदौ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको… पुरा पढौ

काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ । १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको प्रहरीले बताएको छ । पुरा पढौ