Author Archive

सामाजिक सद्भावका लागि एमाले अध्यक्ष ओलीको अपिल

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। केही बेर अघि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देवानगञ्जमा भएको अमानवीय घटनाक्रम रोकिनुको सट्टा झन् उग्र बन्दै गएको र त्यसको प्रभाव सिरहासहित विभिन्न स्थानमा फैलिएको भन्दै थप नागरिकले गोली लागेर ज्यान गुमाएको खबरले आफूहरू… पुरा पढौ

लगातार चौथो दिन घट्यो सेयर बजार

साताको चौथो कारोबार दिन पनि नेपाली सेयर बजारमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घट्दै २६७२ अंकको विन्दुमा कायम भएको छ। यो साताको सुरुवातदेखि नै बजारमा निरन्तर दबाब देखिएको छ। साताका चारवटै कारोबार दिनमा नेप्से परिसूचक कुल ६२ अंकले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो। बजारमा आएको गिरावटसँगै कारोबार रकममा समेत कमी देखिएको छ। बिहीबार कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने ४… पुरा पढौ

फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्के खोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ । खोला घर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो । महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन आग्रह गरेको छ । महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोला घरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने… पुरा पढौ

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ… पुरा पढौ

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको संख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए ।  बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको  संख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको  संख्या  बढेको बताए ।  उनले भने,… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती

गण्डकी । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त भएकी छिन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । यस्तै उपकुलपतिमा तिलक पुर्जा पुन (कला तथा साहित्य) र सदस्य सचिवमा जीवन दाहाल (लोकगीत तथा सङ्गीत) नियुक्त भएका छन् । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन् । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम गमबहादुर… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकको खहरे खोलामा पुन:पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८:३० बजे खसेको पहिरो दिउँसो १:१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २:५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए। पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । चालीस मिटर माथिबाट ढुंगासहितको… पुरा पढौ