Author Archive

शैक्षिक कन्सल्टेन्सी तथा भाषा शिक्षण कक्षाका लागि ल्याइएका नयाँ नियम खारेजीको माग

काठमाडौं । सरकारले शैक्षिक कन्सल्टेन्सी तथा भाषा शिक्षण कक्षाका लागि ल्याएको नयाँ मापदण्डलाई लिएर यस क्षेत्रका १४ संघ-संस्थाले आपत्ति जनाएका छन् । ती संस्थाको संयुक्त बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली खारेजको माग गरेको छ । विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय शिक्षाका माध्यमबाट विश्वव्यापी ज्ञान, सीप र अवसर हासिल गर्ने आम नेपाली नागरिकको आकांक्षासँग नियमावलीले मेल नखाने उनीहरूको ठहर छ । केही कठोर र अव्यावहारिक व्यवस्था राखिएको… पुरा पढौ

पोखरामा शाहसिक पर्यटनको आकर्षणसँगै सुरक्षा निगरानीमा कडाइ

पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागूपदार्थ (लापसे) सेवनसम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो । भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको… पुरा पढौ

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

विश्वकप फुटबलमा तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गरेको हो। नियमित ९० मिनेटको समयमा नतिजा  १-१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो। नर्वेका लागि एक मात्र गोल एन्ड्रियस स्जेल्डरुपले गरे। पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिमको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म… पुरा पढौ

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बाझाङ । बझाङ जिल्लामा जीप दुर्घटना हुँदा तीन जानाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन् । केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौर बाट चुवापन आईरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुदा तीन जना काे घटनास्थलमै मृत्यु भएको छ।  १२ जना गम्भीर घाइते भएका छन्  । आज दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। चालक देव बहादुर धामीले चलाएको उक्त… पुरा पढौ

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

काठमाडौँ । काठमाडौँको बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ । उनको उपचारका क्रममा केही बेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । पुरा पढौ

कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ । उत्तररदक्षिण व्यापारिकमार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले कोरलानाका जोड्ने (छुसाङ–घमी) सडकको बहुवर्षीय ठेक्का आह्वान गरेको छ । आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ–घमी सडकको स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का आह्वान गरेको हो ।  सडक स्तरोन्नति तथा कालोपत्रका लागि दुई प्याकेजमा बहुवर्षीय ठेक्का आह्वान गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। सडकमार्गअन्तर्गत छुसाङदेखि भेनासम्मको (२०.१) किलोमिटर सडक (पहिलो खण्ड)र भेनादेखि घमीसम्मको (२०.१) किलोमिटर (दोस्रो खण्ड) गरी बहुवर्षीय ठेक्का आह्वान गरिएको हो ।  छुसाङदेखि भेनासम्मको (१४ किलोमिटर) सडकका लागि… पुरा पढौ