Author Archive

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ । उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ । उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ । रु ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए। आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ… पुरा पढौ

‘श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन्’ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् ।  श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।  विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।  विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान्… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि… पुरा पढौ

पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल

गण्डकी । आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया अघि बढेको छ । पोखरा दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारी पत्रमा आज हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्टका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईँले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महानगरपालिका… पुरा पढौ

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी भदौ २३ गते ‘जेनजेड सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण र सहिदहरूप्रतिको सम्मान स्वरूप भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए। पुरा पढौ

भोटेकोशी बाढी : मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको उद्धार

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो । प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् ।  यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको… पुरा पढौ

बाढी-पहिरोले अवरुद्ध केरुङ जोड्ने राजमार्ग चीनले एक सातामै खोल्यो

बाढी–पहिरोबाट अवरुद्ध नेपाल–चीन सीमाको केरुङ नाका जोड्ने चीनतर्फको जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुन: सञ्चालनमा आएको छ। अगस्ट २६ को विनाशकारी विपद्ले चीनको तिब्बतस्थित केरुङ नाकातर्फ जाने सडकमा गम्भीर क्षति पुर्‍याएपछि स्थलमार्ग अवरुद्ध भएको थियो। चिनियाँ उद्धार तथा मर्मत टोलीले क्षतिग्रस्त खण्डमा आपत्कालीन रूपमा सडक सम्पर्क पुन:स्थापित गरी सेप्टेम्बर २ देखि आवागमन खुलाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जी–२१६ केरुङ नाकातर्फ पुग्ने मुख्य स्थलमार्ग हो। सडक खुलेसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद्को मुख्य प्रभावित क्षेत्रमा पुर्‍याउन… पुरा पढौ