विचार/ब्लग

जाडोमा हृदयाघातको उच्च जोखिम

काठमाडौँ, २८ पुस । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन्… पुरा पढौ

स्वाभिमानी जीवनका लागि सूर्यको उपाय

काठमाडौँ । ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक आत्माको कारक ग्रह सूर्य हो । शरीरमा हड्डीको पनि कारक हुन्छ । हाड बिना मानव जीवन कल्पना गर्न सकिँदैन । यसैले शरीरमा हड्डी र त्यसको बनावट सूर्य हो । तापक्रम बिना शरीर निष्कृय हुन्छ । सूर्यले शरीरको ताप नियन्त्रण गर्छ । मानव जीवनमा सूर्यको महत्व ज्योतिष शास्त्रीय हिसाबले… पुरा पढौ

“विश्व चर्चित फोटो किसिङ्ग सेलर जो मूर्तीमा परिणत भयो”

आज १८३ औं विश्व फोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सयभन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे । विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्री गरिरहेको देखे । त्यसपछि मेरो मनमा जिज्ञासा सुरु भयो र मैले यो फोटोको विषयमा खोज्न, बुझ्न थाले र यो कथा बन्यो । ईमेज स्वाएर, न्यूयोर्क दोस्रो विश्व युद्धमा अमेरिकासँग जापानले हार स्वीकार गरी १४ अगष्ट १९४५… पुरा पढौ

हेमन्तको आँखामा आँशु

२०७९ असार ४ गते, त्रिभुवन बिश्वबिद्यालय, वन बिज्ञान अध्ययन संस्थान, पोखराको सभाहलमा तिन दिने ‘चरा अध्ययन तथा अनुसन्धान बिधी’ तालिमको समापन कार्यक्रम चल्दै थियो । उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा र हेटौडा क्याम्पस, पृथ्वी नारायण क्याम्पस, प्राकृतिक श्रोत ब्यवस्थापन कलेज कटारी र काठमाण्डौं फरेष्ट्री कलेजका गरी कुल ३१ जना प्रशिक्षार्थी, करीव १५ जना वन विज्ञान अध्ययन संस्थान पोखराका आयोजक भाईबैनीहरु र छ जना प्रशिक्षकहरु उपस्थित थियौ । प्रशिक्षकको लहरमा प्रकृतिका साथीहरु संस्थाको निर्देशक हामी सबैको आदरणीय दाई राजु… पुरा पढौ

ठुला पार्टीका शिर्ष नेताहरुको सिन्डिकेट तोड्दै स्वतन्त्र उम्मेदवारहरु

स्थानिय चुनावको मत परीणाम आईरहेको अवस्थामा अहिले देश भित्र र बिदेशमा बस्ने नेपालीहरुको सम्पूर्ण ध्यान स्वतन्त्र उम्मेदवार र बिशेष गरी काठमाडौं महानगरको मत परिणाम तर्फ मोडिएको छ । जनताको अभिमत बाट निर्वाचनमा पराजित भएका हरुवा नेता हरुलाई पनि बिभिन्न बहनामा ठुला पार्टी भनाउँदा शिर्ष नेताहरुले राज्यको उच्च पदमा लगी आफु-आफु मिलिभगत गरेर सिन्डिकेट हिसाबले भागबन्डा मिलाई मिलाई खाने नेताहरुको पुरानो शैली बाट आजित भएका नेपाली जनता यतीखेर स्वतन्त्र मा मेयर पदका उम्मेदवार बालेन शाह लाई समर्थन गर्दै आईरहेका छन् ।… पुरा पढौ

धोबीखोलाको ‘आर्क ब्रिज’ मा भक्कानिएको मन

२२ अप्रिल २०२२, पृथ्वी दिवस । ब्रहमाण्डको एकमात्र जिवीत ग्रहको जिवन जोगाईराख्ने उद्धेश्यले अभिप्रेरीत पृथ्वी दिवसको यस वर्षको नारा थियो ‘हाम्रो पृथ्वी संरक्षणका लागि लगानी गरौँ’ । हाम्रो घर आगनमा हामी सँगै बस्ने चराहरु चिन्न, अभिलेख राख्न र तिनको संरक्षणमा सहयोगी मोबाईल एप्स ‘छिमेकी चरा’ हालै सार्वजनिक गरीएको छ । त्यही एप्स सम्बन्धी बैठक नेपाल पन्छी संरक्षणको कार्यालय उत्तरढोका लाजिम्पाटमा सहभागि भएर मेरो डेरा नयाँ बानेश्वर फर्कदै थिए । दुरी र समयले भ्याए सम्म पैदल यात्रा मेरो पहिलो प्राथमिकता हुन्छ,… पुरा पढौ

जिमिरबारी गाउँपुग्दा जे देखियो

कास्की । सुन्दर र पबित्र माछापुच्छ्रे हिमालले लाखौं पर्यटकहरुको मन लोभ्याउछ। धेरैजसो बिदेशी पर्यटकहरु आधार शिविर सम्मनै पुगेर आनन्द लिन रुचाउँछन । माछापुच्छ्रे हिमालको उत्तर (मोदिखोलातर्फ)को आधार शिविर सन १९६० को दशक देखिनै बिश्व चर्चित छ। तर दक्षिणी पाटो (पबित्र सेती नदी अथवा पोखरा तर्फ)ले भने पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन। यसै प्रसंगमा आज नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीसंग अनौपचारिक घुमघामको शिलशिलामा जिमिरबारी गाउँ पुग्ने अबसर मिल्यो । गाडी चडेर झन्डै डेढ… पुरा पढौ