विचार/ब्लग

‘नेपालका चराहरु’ पुस्तकको ऐतिहासीकता

सन् २००९ को अन्त्यतिर प्राणीशास्त्र केन्द्रीय बिभागमा स्नाकोत्तर दोस्रो वर्ष अध्यनको चरणमा सोधपत्र (थेसीस)को विषयवस्तुको खोजीमा थिए । मेरो जन्मस्थान पश्चिम नेपालको मध्यपहाडी जिल्ला अर्घाखाँचीको धारापानी हो । बाल्यकालदेखि नै म गिद्धसँग साक्षत्कार थिए । सिनोमा लुछाचुडी गरिरहेका गिद्धको चर्तिकला देख्दा मनै फुरुङ्ग हुन्थ्यो । कयौ पटक सिनो खाईरहेका गिद्ध धपाउदै विद्यालय नै जान बिर्सन्थे । घरदेखि करीव दुई घण्टाको पैदल दुरीमा रहेको घेराभिरका पहरामा ति गिद्धले गुँड बनाएर बस्ने गरेको कुरा हजुरबुवा सुनाउनुहुन्थ्यो । त्यहाँका गिद्धमा सोधपत्र गर्न पाए… पुरा पढौ

सिवाइसी नेपालको आइपिओको बिक्री खुला

काठमाडौँ, २ वैशाख । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी… पुरा पढौ

बसन्त ऋतु, मर्दी हिमाल र म

मेरो जिवनका उर्जाशिल तीन दसक उकाली ओराली गरेरै बिते। बिश्वब्यापी महामारी कोभिड- १९ का कारण बिगत दुई बर्ष पर्यटक आएनन, ब्यबसायिक पथ प्रदर्शन गर्न परेन। गरिराखेको र आफू अभ्यस्त भएको पेशा नचलेपनी अबिचलित रूपमा ती सुनौलो दिनहरु पुनः फर्किनेमा आशावादी हुनुको विकल्प रहेन। बितेका दुई बर्ष आफ्नो बलबुताले भ्याए अनुसार खोज, अनुसन्धान र अध्ययनमा लगाँए। खासगरी पत्रकारिताका विभिन्न बिधाहरु बारेमा अन्लाईन कोर्सहरु सम्पन्न गरेपछि एउटा गाइडको नजरबाट हेरिने हिमाल र पत्रकारको नजरबाट हेरिने हिमाल बारेमा फरक पत्ता लगाउने हुटहुटी जाग्यो।… पुरा पढौ

रोजिरोटी जोगाउ

सुन्दैन सरकार !भरिया र गाइडको ब्यथा ।सुन्दैन सरकार !पर्यटन कर्मीका पीडा ।अझै फलाक्छन,नेपाल पदयात्राको लागिस्वर्ग हो रे ! न रह्यो घोरेपानी घान्द्रुक !न अन्नपूर्ण चक्र !बिकासे डोजरले खनेर ।कुर्सीमा बस्नेलाइ के थाहा ?हिमाली कुना कन्दरामा पुगेरचुसेको त्यो रसकोत्यो स्वाद । कन्तबिजोग नैबनायौ नि सरकार हाम्रो!तिम्रा दुरदर्शी आँखा चिम्लेर ।ती सबै पुराना पर्यटकियपदमार्ग मासेर । बिस्थापित बनाउने भयौअब हाम्लाइ,सबै अस्थिर कच्ची सडक खनेर,बाढी पहिराको जोखिम भरेर ।मनाङ्ग मुस्ताङ्ग अनि डोल्पाती बिकासे बाटाले छेडेर ! पैदल हिडेर खाने मेरो ज्याला,लग्यो जिपको भाडाले… पुरा पढौ

प्रकृतिमैत्री पूर्वाधार

यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो । मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले… पुरा पढौ

बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?

काठमाडौँ, ५ कात्तिक । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन । त्यसैले पनि कात्तिकमा महिना (बेमौसम) मा यति धेरै वर्षा हुने कुरा अनुमानभन्दा बाहिरको हो । यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मध्य… पुरा पढौ

कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न

बेनी, २१ साउन । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र सहासिक मानिन्छ । भिर पहरामा ज्यान नै हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुनलगायतका युवा मह सिकारको पेशा जोगाउन अग्रसर छन् । परम्परागत र पुख्र्यौली पेशाका रूपमा चिनिने मह सिकारको सीप हस्तान्तरण… पुरा पढौ