विजनेश

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर २ लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एकैदिन तोलामा ११० रुपैयाँले बढेर ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो । आज यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तीन हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तीन हजार ५३५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार  डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य सूची अनुसार १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ । हवाई इन्धनमा भने आन्तरिकतर्फ हवाई इन्धनमा प्रति लिटर ६ र… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो… पुरा पढौ

सुनको मूल्य २२ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार सुन तोलामा दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।   यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको थियो… पुरा पढौ

दोहोरो अंकले बढ्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ । यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो । आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो । दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।… पुरा पढौ

आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने बैंकले जनाएको छ ।  साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल… पुरा पढौ