विजनेश

यस्तो छ आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो।  नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। पुरा पढौ

सेयर बजारको ओरालो यात्रा कायमै

नेप्से परिसूचकले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१  विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडमा खुम्चिएको छ । पुरा पढौ

नेप्से परिसूचक २.४० अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले… पुरा पढौ

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ। हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन… पुरा पढौ

नेप्से परिसूचक ३४ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।  आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई… पुरा पढौ

मंगलवार तोलामा २४ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

नेपाली बजारमा आज बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य एक हजार दुई सयले बढेर एक लाख ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो। सुनको मूल्य गएको शुक्रबारदेखि सोमबारसम्म लगातार घटेको थियो। शुक्रबार तोलामा दुई हजार नौसय, आइतबार एक हजार र सोमबार तीनसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो। आज चाँदीको मूल्य… पुरा पढौ

९.१९ अंकले बढ्यो सेयर बजार

सोमवार पनि नेप्सेको बृद्धिले निरन्तरता पाएको छ । आइतबार २६ दशमलव ५३ अंकले बढेको नेप्से सोमवार ९.१९ अंक बढेको हाे । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढेको… पुरा पढौ