अर्थतन्त्र

नेप्से बढ्ने क्रम जारी, आज पनि दोहोरो अंकले बढ्यो

पुँजी बजार निरन्तर बढेर २०७३ कात्तिकपछिकै उच्च बिन्दुमा पुगेको छ । कारोबार पनि दसैंपछिकै उच्च भएको छ । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि जारी रह्यो । बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेर १७१८.४९ विन्दुमा पुग्यो । बुधबार पनि नेप्से २६ अंकले बढेको थियो । आइतवारदेखि निरन्तर बढेर बजार यो दिन पनि १० दशमलव ८२ अंकले बजार बढेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको… पुरा पढौ

दशैंका लागि आइपुग्यो मुस्ताङका च्याङग्रा [फोटोफिचर]

पोखरा, २४ । दशैंमा खसी भन्दा च्याङ्ग्राको मासु बढी बिक्री हुन्छ । पोखराका ग्राहकले दशैंमा खसीको मासु त्यति खोज्दैनन् । भेडाच्याङ्ग्रा किन्न पोखराका व्यापारीहरु मुस्ताङ पुगिसकेका छन् । अरुबेला पनि भेडाच्याङग्रा पोखरा नभित्रिने भने होइन । दशैंमा जस्तो अरुबेला बिक्री हुँदैन । भेडाच्याङ्ग्राले हिमाली जडिबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिन्छ । पोखरा २७ स्थित भण्डारी टोलका प्रकाशमणी भण्डारीले एक लट च्याङ्ग्रा मुस्ताङबाट पोखरा भित्र्याइसकेका छन् । कोभिड–१९ का कारण यसवर्ष तिब्बतबाट च्याङ्ग्रा नआउने र मुस्ताङको मात्र आइपुग्ने उनले… पुरा पढौ

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

Mardi News
नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । पुरा पढौ

चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटबाट जोगाउन गरिएको प्रयासका बाबजूद आर्थिक वृद्धि न्यून हुने जनाएको हो । सरकारले चालेका प्रयत्नका बाबजुद देशको अर्थतन्त्रलाई सङ्क्रमणको अस्थिरताबाट राहतको चरण हुँदै पुनःसंरचनामार्फत पुनरुत्थानशीलतातिर डो¥याउँदै दिगो र समावेशी वृद्धिको पथमा लैजान सरकारले रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने… पुरा पढौ

आजदेखि एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजारको नयाँ नोट निष्कासन गर्ने भएको छ । नयाँ नोटमा दुई हात्तीको चित्र राखिने भएको छ । उक्त नयाँ नोट पुरानै आकार तथा रंगमा हुनेछन् तर एउटा हात्तीको चित्र भएको ठाउँमा दुईवटा हात्ती रहने राष्ट्र बैंकले जनाइएको छ । नोटमा राम र लक्ष्मण भनि चिनिने दुर्लभ दुईवटा जुम्ल्याहा हात्तीको चित्र रहने राष्ट्र बैंकले जनाएको छ । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको… पुरा पढौ

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक

पोखरा, ५ साउन । नेपाल शेयर बजारमा सोमवार पनि बजार खुलेको एकै मिनेटमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेका कारण शेयर बजार २० मिनेटका लागि कारोबार बन्द भएको छ । नेप्से परिसुचक ४ प्रतिशत बढेर १ हजार ५३९ दशमलव ३७ विन्दुमा पुगेको छ । सो अवधिमा १०६ ओटा कम्पनीको ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । पुरा पढौ

अबदेखि एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । अबदेखि एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एटिएमको अन्तर अवद्धता गर्ने घोषणा गरेका हुन् । त्यसैगरी एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गरेपछि… पुरा पढौ