अर्थतन्त्र

६२ अंकले बढ्यो सेयर बजार

मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रहेको छ । पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको… पुरा पढौ

तोलामा ४ हजार ८ सय घट्यो सुन

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि शुक्रबार भने सुन २ लाख ५८ हजार रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ७५ रुपैयाँ घटेर आज ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार एक सय रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

सेयर बजार १८.४० अंकले घट्यो

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४  रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो । ९ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।… पुरा पढौ

सुनको मूल्यले रेकर्ड ब्रेक गर्ने क्रम जारी, साढे २ लाख नाघ्यो

नेपाली बजारमा आज सुनको मूल्यले साढे २ लाख नाघेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । बुधबार सुन तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तीन हजार २४०… पुरा पढौ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, चाँदीको घट्यो

दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको थियो । शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट… पुरा पढौ