अर्थतन्त्र

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ । आज सबै समूहको… पुरा पढौ

सुनको मूल्यमा रेकर्ड

नेपाली बजारमा आइतवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । आइतबार प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार २ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो… पुरा पढौ

सुनको मूल्य नयाँ रेकर्ड, तोलाको २ लाख ६ सय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार तीन सय ५५… पुरा पढौ

नेप्से परिसूचक ३८ अंकले घट्यो, ८ अर्ब माथिको सेयर कारोबार

काठमाडौँ । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार घटेको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५३ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको थियो। सो दिन ७ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२२ स्क्रिप्सको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँमा खरिदबिक्री भए। सेयर कारोबार रकम बुधबारको… पुरा पढौ

नेप्से परिसूचक २८ सय नाघ्यो

नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१०  विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्डेक्स ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ। कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम समयसम्म निरन्तरता पाइरह्यो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो । यसदिन ३२१ स्क्रिप्सको १ करोड ४९ लाख ८६ हजार  १४२ कित्त सेयर ७… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो । गत साउन २३ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।… पुरा पढौ

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो । आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा रू ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु… पुरा पढौ