अर्थतन्त्र

नेप्सेमा साढे ९ अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ… पुरा पढौ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ  । पुरा पढौ

सुनको मूल्यमा उच्च गिरावट

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ९ सयले घटेर एक लाख ७६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १२५ रुपैयाँले घटेर एक हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम… पुरा पढौ

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको १ लाख ८० हजार ३००

बिहीबार सुनको भाउ हालसम्मकै नयाँ उचाइमा पुगेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ… पुरा पढौ

सुनको भाउमा रेकर्ड क्रम जारी, तोलाको एक लाख ७९ हजार ७ सय

चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा… पुरा पढौ

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली बजारमा आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।  त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ