शिक्षा

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि गर्न-गराउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न-गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।  मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ । पुरा पढौ

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड(अनुत्तीर्ण) भएकाहरूका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।  बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसइईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।  यस वर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड… पुरा पढौ

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी सफल

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।  यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्। सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन् । ३.६० देखि ४ जीपीएसम्म ल्याउने ४८३९२ जना छन् । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन… पुरा पढौ

एसईईको नतिजा सार्वजनिक गरिदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा जारी बैठकबाट आजै  नतिजा आजै सार्वजनिक गरिने तयारी रहेको  बोर्डको सचिवालयले जानकारी दिएको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षणको काम भएको थियो। कसरी हेर्ने नतिजा ? एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)–एम्बिसन गुरु: ३१०६१ (SMS… पुरा पढौ

एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो। हेर्नुहोस् सूची पुरा पढौ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक: मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन् । गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने बताए । उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको हुनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय भएको बताए । शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमाले… पुरा पढौ

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न तथा अवाञ्छित रूपमा शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता कार्य जारी राखे कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने समय निर्धारण गरिसकेको छ । यसअघि सर्वोच्च अदालतले पनि शैक्षिक सत्र औपचारिक रूपमा सुरु… पुरा पढौ