पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न भएको छ । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका ३० जना तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको हो । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार,…
पुरा पढौ