वातावरण

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोग विहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्ध शान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरूप ती स्थानीय तहले रु. एक करोड ३७ लाख ८३ हजार तीन सय… पुरा पढौ

नेपालमा “कृष्णवक्ष चाँचर” चराको दोस्रो पटक अभिलेख

कृष्णवक्ष चाँचर चरा आज धरान फरेष्टमा भेटिएको छ जुन नेपालका लागि दोस्रो अभिलेख हो । कोशी प्रदेशको मोरङ र सुनसरी जिल्लामा अवस्थित समुन्द्री सतह वाट १०० देखि १३ सय मिटर सम्म लगभग ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा वर्डलाईफ ईन्टरनेशनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये एक महत्वपूर्ण वन हो । अंग्रेजीमा Black-breasted Thrush तथा बैज्ञानिक नाम Turdus dissimilis भनिने यस चाँचरलाई पंछीविज्ञहरु हठन चौधरी, गोपी श्रेष्ठ र मनशान्त घिमिरेको टोलीले उक्त वनको पंछी अनुगमनका… पुरा पढौ

यूएईबाट पनि नेपालीलाई श्रम स्वीकृति

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरूलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।  उनले सम्बन्धित राजदूतावासहरूबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरू लाभान्वित हुने,  नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने… पुरा पढौ

कोशी टप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

मोरङ । कोशी टप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोश टप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को  चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए… पुरा पढौ

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

गण्डकी । यसपालीको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताए । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उनले भने, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि… पुरा पढौ

हिउँ हराएको हिउँद

माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,हा..हा..हा..मन रुन्छ धुरुरु…। बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् । हिमाली भेगैमा हिउँ पर्‍यो फुरुरु…राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड,… पुरा पढौ

मनाङको तिमाङ जङ्गलमा देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन

मनाङ । मनाङ चामे गाउँपालिका १ स्थित तिमाङ जङ्गलमा शुक्रवारदेखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन । डढेलो नियन्त्रणका लागि जिल्लाका ३वटै सुरक्षा निकाय परिचाल गरिएकाे छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रण गर्ने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । अहिले जङ्गलमा आगो नियन्त्रणको काम भइरहेको छ । पुरा पढौ