फिचर

अन्नपूर्ण पदमार्गका केही तस्विरहरु

Mardi News
पोखरा । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङ तथा मुस्ताङमा वर्षा सकिएर हिउँदको सुरूवातसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रन थाल्छन् । हिमाल पारीको जिल्ला मनाङ तथा मुस्ताङ पदयात्रा गर्ने सिजनमा विदेशी मुलुकजस्तै देखिन थाल्छ । लमजुङको बेँशीसहर हुँदै मनाङ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल – धारापानी– चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्ने गर्दछन् । त्यसैगरी पोखराबाट पर्वत, म्याग्दी, हुँदै मुस्ताङ भित्रने पर्यटक प्रशस्तै देख्न सकिन्छ… पुरा पढौ

स्वर्गको टुक्राः गिलुङ गाउँँ

Mardi News
समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गिलुङ गाउँ हिमाल दृष्यावलोकनका लागि निकै उपयुक्त मानिन्छ । लमजुङ जिल्लाको अति सुन्दर ऐतिहासिक प्राचीन गाउँँ गिलुङ भाषा र संस्कृतिले पनि धनी छ । विशेषत गुरुङ जातिको आधुनिक बसोबासमा परिणत भएको यस प्राचीन भूभाग रहेको क्होला रहेकाले पनि तमु जातिको बाहुल्य गाउँ हो गिलुङ । तीन चार पुस्तादेखि नै यहाँ बेलायत, सिङ्गापुर र भारतीय लाहुरे धेरै भएकोले अर्थको रुपले सम्पन्न छ । शिक्षा र साक्षरतामा पनि यस गाउँ धेरै अगाडि छ ।… पुरा पढौ

मिलेनियम पदमार्ग प्रचारको लागि ‘मण्डला र घुमन्ते’

Gahate Manakamana
पोखरा, ३ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्गलाई भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्न वेभसाइट डिजाइन तथा घुमन्ते लगी युट्युबमार्फत प्रचारप्रसार गर्न लागेको छ । यस पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकासको लागि मण्डलाआईटी सोलुसन र घुमन्ते समूहलाई पदमार्गको भ्रमण आज विहीबार सकाएको छ । तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्गमा उक्त समूहलाई मंसिर २२ गतेबाट शुक्लागण्डकीको भुजीकोटबाट भ्रमण शुरु गराएको थियो । पदमार्ग क्षेत्रमा… पुरा पढौ

सिर्जनसिल महिलाः इन्दु गुरुङ

Business
पदम घले भनिन्छ मानिससँग सीप र जाँगर छ भने विदेश जानु पर्दैन । स्वदेशमै केही न केही व्यवसाय गरी आफ्नो जीविकोपार्जन गर्न सकिन्छ । विदेश गएर दुःख पाउनु पर्दैन । यही नेपालमै कुनै न कुनै काम गरे पुग्छ । अहिले कामको प्रकृति धेरै छन् । जसमा सिलाई बुनाइ, महिला टुरिष्ट गाइड बनेर, कोही ब्युटीपार्लर सिकेर नेपालमै आफ्नो आर्थिक उन्नति गर्नेहरु पनि धेरै छन् । कृषि व्यवसाय त नेपालको मुख्य पेशा नै हो । धेरै महिलाहरु नेपालमै सीपमुलक काम गरेर एउटा… पुरा पढौ

मिलेनियम पदमार्गमा ‘घुमन्ते’

Ghumante Team- Mardi News
पोखरा, २८ मंसिर । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिलेनियम ट्रेक (पदमार्ग) व्यवस्थापन समितिले सोलुसनसँग सम्झौता गरी अघि बढेको हो । गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोलुसनको टीम मिलेनियम पदमार्गमा निस्केको छ । फोटोः घुमन्ते देशको विभिन्न ठाउँको भिडियो उत्पादन गरी प्रचारप्रसार गर्दै आएका ‘घुमन्ते’ समूह मंसिर २८ गतेसम्ममा पुतलीबजार नगरपालिकाको भैंसेगौंडामा छ । मंसिर २३ गते मुक्तिनाथ… पुरा पढौ