फिचर

ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

गण्डकी, ६ फागुन ‘कता गयो देउबहादुर दुराशून्य भयो कर्पुटार बजारʾ पश्चिम नेपालमा निकै लोकप्रिय छन् । लोकसाहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएको छ । धार्मिक महत्वको मध्यनेपाल-७ स्थित इशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मि पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो… पुरा पढौ

भ्रुण हत्या : सुन्दर संसारमा शुन्य दिन

गण्डकी । कल्पना गरौ, हाम्रो परिवारमा शिशुको जन्मने खुशीयाली छाइरहेको बेला अकस्मात कसैले घरबास भत्काइदियो, काख रित्तो बनाइदियो भने कति पीडा हुन्छ ? हो, आफ्नो घरबास र बच्चाको माया अरु प्राणीहरुमा पनि यस्तै हुन्छ । हामी त हारगुहार गर्छौ, सहयोगको याचना गर्छौ, कानुनी उपचार रोज्छौ, राज्यसँग अधिकार माग्छौं तर ति अबोध चराले के गर्न सक्छन र बिचरा । संसारको सबैभन्दा शक्तिशाली र बौद्धिक ठान्ने मान्छेको कुकर्म र निर्दयीयता हेर्नुको बिकल्प छैन उनिसँग । धिक्कार छ हामीलाई । नेपालमा पाईने ९… पुरा पढौ

अन्तरराष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

पोखरा । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ । सन् २०२२ जुलाई नजिकिँदै… पुरा पढौ

बढ्यो रेल चढ्ने रहर

महोत्तरी, २५ पुस । फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो । “अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन् । “कुर्था–जयनगर खण्डको लिक… पुरा पढौ

भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू

देउखुरी २ पुस । घोराही–१५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले । अर्को दुई वर्षपछि उहाँको पुनः गर्भ रह्यो । सन्तान पेटमा आएपछि उहाँले जन्माउने विचार गर्नुभयो तर घरपरिवारले गर्भ हेरेर छोरी भए फाल्ने र छोरा भए राख्ने सल्लाह दिए तर उहाँले छोरा, छोरी जे भए… पुरा पढौ

विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

महोत्तरी, १५ मङ्सिर । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्याँै”, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी हेर्न जाने गरेको विगत सम्झँदै भन्नुभयो, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द… पुरा पढौ

उजुरी बढ्दै छ, सार्वजनिक यातायातको महिला हिंसाविरुद्ध

काठमाडौँ, ७ मङ्सिर । पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुव्र्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती युवकले पटकपटक उनको संवेदनशील अङ्गमा छुन खोजेका थिए । सुरुमा आफूले नै सम्झाउँदा नमानेपछि चालक, सहचालकलाई उनले गुनासा राखेकी थिइन् । सो घटनाका बारेमा अरू यात्रुले समेत चासो राख्न थालेपछि युवक आफैँ थापाथली ओर्लेका थिए । पीडितले प्रहरीसम्म गएर भने उजुरी गरिनन् । उनले भनिन्, “अफिस जान हतार… पुरा पढौ