फिचर

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

काठमाडौँ, १६ वैशाख । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए । आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक… पुरा पढौ

‘नेपालका चराहरु’ पुस्तकको ऐतिहासीकता

सन् २००९ को अन्त्यतिर प्राणीशास्त्र केन्द्रीय बिभागमा स्नाकोत्तर दोस्रो वर्ष अध्यनको चरणमा सोधपत्र (थेसीस)को विषयवस्तुको खोजीमा थिए । मेरो जन्मस्थान पश्चिम नेपालको मध्यपहाडी जिल्ला अर्घाखाँचीको धारापानी हो । बाल्यकालदेखि नै म गिद्धसँग साक्षत्कार थिए । सिनोमा लुछाचुडी गरिरहेका गिद्धको चर्तिकला देख्दा मनै फुरुङ्ग हुन्थ्यो । कयौ पटक सिनो खाईरहेका गिद्ध धपाउदै विद्यालय नै जान बिर्सन्थे । घरदेखि करीव दुई घण्टाको पैदल दुरीमा रहेको घेराभिरका पहरामा ति गिद्धले गुँड बनाएर बस्ने गरेको कुरा हजुरबुवा सुनाउनुहुन्थ्यो । त्यहाँका गिद्धमा सोधपत्र गर्न पाए… पुरा पढौ

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच

भक्तपुर। साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । सेतो धोती बाँधिएको, त्यसमाथि… पुरा पढौ

जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

मनाङ, १५ फागुन । गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।… पुरा पढौ

ठाडो भाका र बत्ती कर्पुटारका विशेषता

गण्डकी, ६ फागुन ‘कता गयो देउबहादुर दुराशून्य भयो कर्पुटार बजारʾ पश्चिम नेपालमा निकै लोकप्रिय छन् । लोकसाहित्यअन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडा भाकाका गीत पश्चिम नेपालको पहिचान हो । यही ठाडो भाकाको उद्गमस्थल लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ कर्पुटारले चासो र चर्चा कमाएको छ । धार्मिक महत्वको मध्यनेपाल-७ स्थित इशानेश्वर महादेव मन्दिरको १०० मिटर उत्तरमा रहेको गौरीकुण्डको २० मि पूर्व टारी डिलको भिरालो परेको थुम्का कर्पुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर ठूलास्वाँराका देउबहादुर दुराले ठाडो… पुरा पढौ

भ्रुण हत्या : सुन्दर संसारमा शुन्य दिन

गण्डकी । कल्पना गरौ, हाम्रो परिवारमा शिशुको जन्मने खुशीयाली छाइरहेको बेला अकस्मात कसैले घरबास भत्काइदियो, काख रित्तो बनाइदियो भने कति पीडा हुन्छ ? हो, आफ्नो घरबास र बच्चाको माया अरु प्राणीहरुमा पनि यस्तै हुन्छ । हामी त हारगुहार गर्छौ, सहयोगको याचना गर्छौ, कानुनी उपचार रोज्छौ, राज्यसँग अधिकार माग्छौं तर ति अबोध चराले के गर्न सक्छन र बिचरा । संसारको सबैभन्दा शक्तिशाली र बौद्धिक ठान्ने मान्छेको कुकर्म र निर्दयीयता हेर्नुको बिकल्प छैन उनिसँग । धिक्कार छ हामीलाई । नेपालमा पाईने ९… पुरा पढौ

अन्तरराष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

पोखरा । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड -१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ । सन् २०२२ जुलाई नजिकिँदै… पुरा पढौ