फिचर

चोखो प्रेमको कसीमा शिरसुबा

नेपाली सिने उद्योगको क्षेत्रमा गुरूङ फिल्म उद्योगले पनि आफनो राम्रै फड्को मार्न सकेको छ । नेपाली भाषामा गुरूङ परिवेशका चलचित्रहरू निर्माणक्रम तीव्ररूपमा बढेको छ । यसलाई सफलताको रूपमा मान्न सकिन्छ । हालै भदौ ६ गतेबाट प्रर्दशित भेज मेस्रो फिल्मस प्रोडक्सन घान्द्रुक प्रिन्जेन्टको प्रस्तुति शिरसुबा गुरूङ चलचित्र पोखरा मिडटाउन मुभि हलमा प्रर्दशन हुदै छ । बिमल गुरूङको कथा र माओत्से गुरूङको लेखन तथा निर्देशनमा नयां गुरूङ चलचित्र शिरसुबाले एउटा राम्रै छवि बनाउन सफल भएको छ । विशेष त यो नारी प्रधान… पुरा पढौ

भुषणको कलाकृति

तिर्खा र प्यास सायद नहुदो हो त यो संसार नै अधुरो हुन्थ्यो होला । कतै न कतै अन्तचक्षुले छोएसम्म मानिस कला सिर्जनामा तल्लिन हुदो रैछ । सायद यस्तै एक उदाहरणीय प्रतिभाका धनि हुन कलाकार भुषण राज राजभण्डारी । बाह्र वर्षको उमेरदेखि नै आफू चित्र कोर्न थालेको बताउने भुषण अहिले व्यावसायिक कलाकार भैसकेको छ । उनी अर्डर अनुसार पोट्रेट मुहार चित्र बनाउने गर्छ र सोहीअनुसार पारिश्रमिक पनि राम्रै लिने गर्छ । भुषणले दृश्य चित्र, मुहार चित्र धेरै बनाएका छन । कला… पुरा पढौ

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

हेमन्त केसी,जाजरकोट, १९ मङ्सिर । सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले ५० मा ३८ अङ्क ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै नलगाड नगरपालिकाले दोस्रो र भेरी नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको… पुरा पढौ

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

वासुदेव पौडेलपोखरा, १८ मङ्सिर । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्यमा हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि पर्दछन् । यहाँको पर्यटनमा धार्मिकस्थल, मठमन्दिरले पनि उत्तिकै भूमिका खेलेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्र प्रत्यक्ष प्रभावित भएजस्तै यहाँका धार्मिक पर्यटकीयस्थल पनि त्यसको प्रकोपबाट अछुतो रहन सकेका छैनन् । कोरोनाको कहरसँगै… पुरा पढौ

अति संकटापन्न नर्कट घाँसेचरी हाल सम्मकै उच्च स्थानमा अभिलेख

तराईका नर्कट झाडीमा प्राय स्थान विशेष भेटिने अति संकटापन्न नर्कट घाँसेचरी काठमाण्डौं उपत्यकाको मनोहरा खोला परिसरमा पहिलो पटक अभिलेख भएको छ । समुद्री सतहभन्दा २५० मिटर उचाईमासम्म यस प्रजातिको अभिलेख भएपनि त्यस उचाइभन्दा माथि हालसम्म अभिलेख भएको थिएन । पंछीको चहलपहल तथा पंछी अबलोकनका लागि अति नै उपयुक्त यस खोला परिसर कोभिड १९ को कहरभन्दा पहिले केहि पंछी अवलोकनकर्ता पुगे पनि त्यस क्षेत्र गुमनाम अवस्थामा रहेको थियो । विश्वब्यापी महामारी तथा त्यसपछिका बन्दाबन्दी समयमा रोजगारी गुमेका तथा फुर्सदिला पंछी अवलोकनकर्ताहरु… पुरा पढौ

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

बलेवा । सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लाग्नुभयो अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँड्नुभएका उहाँ नत अमेरिका पुग्नुभयो नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सक्नुभयो तर अमेरिका पुग्नुभएन । एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले… पुरा पढौ

पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान गर्ने काम चलिरहेको छ । पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल भूमेश्वर महादेवको विशाल मूर्ति जडान गरिँदैछ । भारतको मथुराबाट विशाल भूमेश्वर महादेवको मूर्ति निर्माणस्थलमा ल्याई जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । भूमेश्वर महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहेका उनले फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति जडान जारी रहेको बताए । मूर्ति जडानका लागि भारतबाटै झिकाइएका २० जना… पुरा पढौ