प्रमुख समाचार

भोटेकोशी बाढी: पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए । चितवनका ३६ वर्षीय सत्य सुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय… पुरा पढौ

भोटेकोशी बाढी: मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला… पुरा पढौ

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ । कोरलानाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट… पुरा पढौ

भोटेकोशी बाढीमा ७८८ शव फेला, दुई हजार ७४२ जनाको उद्धार तथा घाइते

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा हालसम्म ७८८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सात हजार ८८४ प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरीले २०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा खोजी कार्यमा संलग्न २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा २६४ वटा छन्। त्यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०,… पुरा पढौ

प्रतिष्ठानको साधारणसभा सम्पन्न

पोखरा । पोखरा-११, रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ । संस्थाका संस्थापक सदस्य एवम् सल्लाहकार, विभिन्न संङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अग्रज व्यक्तित्व डमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवस्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू सधैं तम्तयार रहेको कुरा व्यक्त गरे । कार्यक्रममा तमु धीं… पुरा पढौ

कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

बाढीका कारण काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो। त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केही बेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । पुरा पढौ

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या  नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी… पुरा पढौ