प्रमुख समाचार

गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते अधिवेशन आव्हान गरिदिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख भट्टले वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वानका गरेका हो । पुरा पढौ

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ ।  निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता विपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका… पुरा पढौ

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् । काठमाडौँ उपत्यकाको  बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट… पुरा पढौ

देशभर मौसम सफा रहने विभागको पूर्वानुमान

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का… पुरा पढौ

साहित्यकार प्रकट पंगेनीको निधन

पोखरा । पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पंगेनीको ६८ वर्षको उमेरमा निधन भएको हो । बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरी फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ। प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । प्रकटका श्रीमती, एक छोरा र छोरी छन्… पुरा पढौ

वर्षान्त २०८०ः अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरबारे छलफल भएको वर्ष

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा नेपालले पनि चर्चा पायो । गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चलेको सम्मेलनमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली त्यहाँ पुगेको थियो । ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’को उद्घाटन सत्रमा सम्बोधन गर्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “म केही समयअघि मात्रै नेपाल भ्रमणमा थिए । नेपालका पग्लिरहेका हिमाललाई… पुरा पढौ

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताउनुभएको हो । “मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब वा हस्तक्षेप हुँदैन । यहाँहरुले पनि विभिन्न पार्टीका शीर्ष नेताहरूलाई हस्तक्षेप नगर्न… पुरा पढौ