प्रमुख समाचार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानस्थित ब्रोड पिकमा आएको हिम पहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ। हिम पहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो । जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि… पुरा पढौ

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।  नेपाल प्रहरीले आज बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५:०० देखि… पुरा पढौ

आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधरणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली हुनेछ ।  हिमाली… पुरा पढौ

पाकिस्तान हिमपहिरोमा परी गोरखाका पुरबहादुरको मृत्यु

पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुरुङको निधन भएको छ। पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको हाे । अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार चार जना जनाको शव भेटिएको थियो । त्यसमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङ (युक्त) को पहिचान भएको क्लबले जनाएको छ । नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम ३७ वर्षीय गुरुङले… पुरा पढौ

सोमकुमार तामाङको कुवेतमा ड्रोन आक्रमणमा परि निधन

कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन् । कुवेतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बिहीबार भएको ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेमा त्यहाँ सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय तामाङ भएको पुष्टि गरेको छ । विज्ञप्तिमा राजदूतावासले मृतक तामाङको पार्थिव शरीर कानुनी प्रक्रिया पुरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भईरहेको जनाएको छ । यसका लागि त्यहाँका सरकारी निकायसँग सहकार्य गरेर अघि बढाइएको बताईएको छ ।राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावले शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ… पुरा पढौ

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

बीबीसी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बिहीबार मध्यान्हतिर काराकोरम पर्वत शृङ्खलाको ८,०४७ मिटर (२६,४०० फिट) अग्लो चुचुरोमा हिमपहिरो गएको बताएका छन्। टोलीसँग त्यसपछि कुनै सम्पर्क भएको छैन। एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच नेपाली आरोही समूहमा रहेको बताइएको छ। टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा… पुरा पढौ