समाचार

सेयर बजारमा उच्च अंकको गिरावट,६ अर्ब ८ करोडको कारोबार

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार सोमबार ३३.२८ अंकले घटेर २७०१ अंकको विन्दुमा झरेको छ। कारोबार सुरु भएपछि केही समय उकालो लागेको बजार मध्याह्नतिर २७४४ अंकसम्म पुगेको थियो। तर त्यसपछि निरन्तर दबाबमा परेको बजार अन्तिम समयसम्म घट्दो क्रममा रह्यो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कुल कारोबार रकम ६… पुरा पढौ

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे । उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल… पुरा पढौ

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज

काठमाडौँ । नागढुंगा सिस्नेखोला सुरुङ मार्गको आज औपचारिक रूपमा उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।   पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा सोमबार बिहान १० बजेर २५ मिनेट जाँदा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्ने भएका हुन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र… पुरा पढौ

आजको मौसम: देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र… पुरा पढौ

बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

जल तथा मौसम विज्ञान विभागले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आइतबार राति भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। विभागले वर्षासँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो सबैभन्दा धेरै वर्षा सुनसरीको चतरामा मापन गरिएको छ, जहाँ २७.८ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ।… पुरा पढौ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ । यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि ‘साइबर ब्यूरो’लाई अनुसन्धान… पुरा पढौ

राङभाङ–भैँसेगौंडा : जैविक सम्पदाले उज्यालिएको पर्यापर्यटनको नयाँ गन्तव्य

स्याङ्जाको पहाडी भूभागमा अवस्थित राङभाङ–भैँसेगौंडा बिहानको पहिलो घामसँगै चराको मधुर स्वरले ब्युँझिन्छ । वनका छायाँमा पुतलीहरू फर्फराउँछन्, घना जङ्गलभित्र चितुवा, चरी बाघ र दुम्सीजस्ता वन्यजन्तु आफ्नै संसारमा रमाइरहेका हुन्छन् । विविध वनस्पति, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो गाउँ अब केवल सुन्दर बस्ती मात्र होइन, नेपालको जैविक विविधता संरक्षण र पर्यापर्यटन विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन थालेको छ । यसै सम्भावनालाई उजागर गर्दै हालै ‘राङभाङ–भैँसेगौंडा बायोडाइभर्सिटी प्रोफाइल’ सार्वजनिक गरिएको छ । प्रकृतिका साथीहरू र मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेको सहकार्यमा… पुरा पढौ