समाचार

हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गदै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।”… पुरा पढौ

नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

नारच्याङ (म्याग्दी) । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६ औं आरोहण दिवस मनाइएको छ । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र… पुरा पढौ

‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने

काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी र महत्वपूर्ण भएको बताएका छन्। करिब एक घण्टा चलेको उक्त भेटलाई उनले उपयोगी संवादको रूपमा व्याख्या गर्दै नेपाल-भारत सम्बन्धलाई विकास-कूटनीतिक नयाँ चरणतर्फ अघि बढाउने विषयमा गहिरो छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार दुवै पक्षले पुराना अवरोधहरूलाई पार गर्दै सहकार्यलाई नयाँ ढाँचामा अघि बढाउन सकिनेमा सहमति जनाएका छन्। भेटका क्रममा साझा सांस्कृतिक सम्बन्ध, डिजिटल कनेक्टिभिटी र सीमा-पार पूर्वाधार… पुरा पढौ

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय(एक्याप)जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन् । मे महिनामा मात्रै ६५ हजार ९९४ जना विदेशी पर्यटक यहाँ आउँदा  तीमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ रहेका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।  अघिल्लो… पुरा पढौ

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

कास्की । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताए । “रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मंगलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताउनुभएको महानगर प्रमुख आचार्यले जानकारी दिए… पुरा पढौ