फोटो ग्यालेरी

पूनहिलमा पर्यटकको चहलपहल

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानीको पूनहिलमा सूर्योदय र हिमालको मनोरम दृश्य हेर्न बिहान सबेरै जम्मा भएका पर्यटकहरु । आज बिहान करिब ३०० जना पर्यटकहरु देखिएका थिए । फोटोः मनशान्त घिमिरे पुरा पढौ

डडेलोले वनमा क्षति

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र १२ मा पर्ने जङ्गलमा शुक्रबार साँझ फैलदै गएको डडेलो । बिहीबारदेखि सुरु भएको उक्त डडेलो नियन्त्रण गर्न नसक्दा वन क्षेत्रमा ठूलो क्षति पुराएको छ । तस्बिरः रामहरि न्यौपाने / रासस पुरा पढौ

किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेट क्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ । तस्बिरः नारायणकुमार राई/रासस पुरा पढौ

पहाडकी रानी बन्दीपुर बजार

पहाडकी रानी बन्दीपुर बजार । तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक बिस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ । तस्बिर: मिला दरै/रासस पुरा पढौ

तेर्मी पर्वमा रमाउँदै मुस्ताङ्गी

मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व)मा रमाउँदै स्थानीय महिलाहरु । फागुन पुर्णिमाको दिनदेखि करिब ६ दिनसम्म चल्ने स्थानीयहरुले तेर्मी पर्व मनाउने गरेका छन् । तस्बिर : सुशीलबाबू थकाली/रासस पुरा पढौ

फोहोर सङ्कलन गरिँदै

यार्चागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्चागुम्वा पाइने पाटनमा रहेको फोहोर सङ्कलन गरिँदै । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियामा यार्चागुम्वा पाटन सफा गर्न लागिएको हो । तस्बिर: हेमन्त केसी/ रासस पुरा पढौ

केदारेश्वर महादेवमणि मन्दिरमा भक्तजन

महाशिवरात्रिको अवसरमा शनिबार पोखरा–६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा पूजा तथा दूध चढाउन जाने भक्तजनहरुको भीड । तस्बिर: ऋषिराम बराल पुरा पढौ