फोटो ग्यालेरी

झोरा नृत्य प्रस्तुत गर्दै कलाकारः

मिलेनियम ट्रेकको करिब मध्यभागमा पर्ने पुतलीबजार नगरपालिका–२ ज्यामिरे गाउँमा बहुउद्देश्यीय कभर्ड हल उद्घाटनको अवसरमा झोरा नृत्य प्रस्तुत गर्दै कलाकार । मिलेनियम पदमार्ग अन्तर्गत पोखरीछाप, कोल्मा, ज्यामिरे, भैंसेगौंडामा झोरा नृत्य देख्न सकिन्छ । तस्विरः टेकमान गुरुङ पुरा पढौ

हिमाली क्षेत्रमा डढेलो

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनजङ्गलमा आगलागीका घटना बढेका छन् । तस्बिर: कमल खत्री/रासस पुरा पढौ

गाउँको दुख:

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ साँखका महिला जंगलबाट घास ल्याउदै । तस्बिर परिचन्द्र खत्री, रासस पुरा पढौ

तोरीमा फोटो खिचाउँदै

बागलुङ नगरपालिका–४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको चाप छ । तस्बिरः खेमराज गौतम/रासस पुरा पढौ

शुक्लाफाँटामा मयूर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयूर । शुक्लाफाँटा चार सयभन्दा बढी प्रजातीका चराचुरुङ्गीको बासस्थान पनि हो । तस्बिरः शेरबहादुर सिंह/रासस पुरा पढौ

जुकेपानी गाउँमा व्यावसायिक तरकारीखेती

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका –१ स्थित जुकेपानी गाउँ र गाउँको बीचमा व्यावसायिक रुपमा गरिएको तरकारी खेती । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस पुरा पढौ

कालीगण्डकी नदीमा -याफ्टिङ

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा -याफ्टिङ गर्दै पर्यटक । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटल र स्प्लास नेपाल एडभेन्चरले मङ्गलबारदेखि कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालनमा ल्याएका छन्। तस्बिरः कमल खत्री÷रासस पुरा पढौ