राजनीति

विश्वासको मतका लागि २८ गते ३ बजे प्रदेश सभा बैठक

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि जेठ २८ गते ३ बजे प्रदेश सभाको बैठक आव्हान गरिएको संसद सचिवालयले एक सूचना जारी गरेको छ । १६ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौँबाट फर्किए लगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा, १६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतविरुद्ध पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले गरेको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

काठमाडौँ, ९ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । पुरा पढौ

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरेका थिए । पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएको थियो । कांग्रेसले सहकारीको… पुरा पढौ

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएको हो । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेससहित सङ्घीय संसद्का अन्य दलले पनि समिति गठनको माग उठाएकाले समिति गठनको माग… पुरा पढौ

मेयर निर्वाचित भएको २ वर्षपछि व्यासको मतगणना बदर, व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

दमौली (तनहुँ), २ जेठ । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मत गणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरेका थिए। उनले दिएको रिट निवेदनमा दाबी पुग्ने भन्दै अदालतले उक्त फैसला गरेको हो। उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए… पुरा पढौ