राजनीति

निर्वाचन आयोगले दबाबमा निर्णय गरे देशभर आन्दोलन गर्ने देउवा कांग्रेसको चेतावनी

शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र षड्यन्त्रमा परेर पार्टी विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे विवाद भइरहँदा खड्काले आयोगले विधान र संविधानविपरीत काम गरे त्यसको प्रतिकार गर्ने बताएका हुन् । पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए। निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेको छ। उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा… पुरा पढौ

गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको छ । आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक… पुरा पढौ

काँग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बिने

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन भोलिसम्म लम्बिने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने विशेष अधिवेशन आयोजक समितिको भनाइ छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी… पुरा पढौ

काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले आज पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम सम्पन्न गरिएको जानकारी दिए। भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा छ हजारभन्दा बढी कुर्सीहरू राख्ने… पुरा पढौ

एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।  सोमबार जेनजी आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई  तोकेको स्थान हद फुकुवा गरेको हो। यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो। जेनजी घटनाका बारेमा सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहिन भएको आयोगले जनाएको छ। गत भदौ २३ र २४ गते घटनासम्बन्धी गठित जाँचबुझ आयोगले असोज १२ गते अनुसन्धानको दायरामा रहेका कारण ओलीलाई उपत्यका छाड्न र विदेश… पुरा पढौ

पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा

पोखरा । गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले शनिबार पोखरामा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताले उनीहरूलाई पार्टीमा स्वागत गरे । रास्वपा छिरेका कुमार खड्का पद र अवसरका लागि बारम्बार पार्टी फेरिरहने चतुर नेताका रूपमा परिचित छन् । उनले सुरुमा संघीयताको विरोध गर्दै ‘अखण्ड नेपाल’ नामक पार्टी खोलेर राजनीति सुरु… पुरा पढौ

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

काठमाडौ, १७ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट गरे ।   नेपाल कम्युनिस्ट  पार्टी (एमाले)का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो… पुरा पढौ