प्रवास

मलेसियामा एक नेपाली युवकको मृत्यु

बैतडी । बैतडी घर भएका एक नेपालीको हिजो (बुधबार) मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एक छिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ । विष्टको के… पुरा पढौ

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि… पुरा पढौ

अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

काठमाडौँ । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको आज सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली… पुरा पढौ

अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन

लन्डन । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशन तोडेका हुन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरूले राख्दै आएका मागमा भनेअनुरुप दुवै देशका सरकारबीच सहमति भएकाले अनशन तोडिएको बताए । माग सम्बोधन गर्ने कुरा… पुरा पढौ

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

लन्डन । शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ ।  पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए । बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले… पुरा पढौ

बेलायती प्रहरीले हटाइदियो आमरण अनशन स्थलको त्रिपाल

लन्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि  शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए ।  कानुनको बहाना बनाएर अनशनलाई कमजोर… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित

सन थापा ।जापान, १५ साउन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित भएका छन् ।पौडेलले ३ हजार ३८ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्दी अनिता गुरुङ लामाले १ हजार ८ सय ६९ मत पाईन् । सन् २०२१-२०२३ का लागि जूलाई २५ देखि २७ सम्म ओसाकामा १० औं अधिवेशनका सम्पन्न भएको थियो भने मतदान शुक्रबार सम्पन्न भएको थियो । अध्यक्ष पदमा सुरुमा सातजनाले दाबी गरे तापनि दुई जनाले पछि फिर्ता लिएका थिए ।अध्यक्षका… पुरा पढौ